कोकाकोलाले नयाँ प्लान्ट लगाएपछि ऋणको सीमा बढायो, ऋण सीमा बढाउन विशेष साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोकाकोलाले नयाँ प्लान्ट लगाएपछि ऋणको सीमा बढायो, ऋण सीमा बढाउन विशेष साधारणसभा



काठमाडौं । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल (तराई) लिमिटेडले असार १५ गते विशेष साधारणसभा गर्दै ऋणको सीमा बढाउने भएको छ । कम्पनीले चितवनमा नयाँ प्लान्ट लगाएपछि त्यसका लागि ऋण सीमा बढाउन विशेष साधारणसभा डाकेको हो ।
कम्पनीले अहिले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट टर्म लोन÷इरिभोकेबल प्रतितपत्र सुविधा लिँदै आएको छ । यसको सीमा एक अर्ब नौं करोड २० लाख रुपैयाँ छ । कम्पनी ऐनको प्रावधान अनुसार ऋण वढी आवश्यक परेपछि कम्पनीले विशेष साधारणसभा डाकेको हो ।

caaok

ऐनमा नियमित व्यावसायिक कारोबारको सिलसिलामा कम्पनीले बैङ्क वा वित्तीय संस्थाबाट छ महिनाभन्दा कम अवधिको लागि लिएको ऋण सुविधाबाहेक आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकमभन्दा बढी हुने गरी ऋण लिनु परेमा साधारणसभाबाट विशेष प्रस्ताव पारित गर्नु पर्ने उल्लेख छ ।

कम्पनीले अहिले लिइरहेको ऋणको सीमामा ६३ करोड ५० लाख रुपैयाँ थप गर्न लागेको हो । अब कम्पनीको ऋण सीमा एक अर्ब ७२ करोड ७० लाख रुपैयाँ पुगेको छ । कम्पनीले चितवनमा प्लान्ट थप्दै उत्पादन वढाउन थालेपछि थप ऋण लिनु पर्ने अवस्था आएको हो ।

प्रकाशित : १ असार २०७२, मंगलवार ०८:०९