भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा तत्काल नघट्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा तत्काल नघट्ने



काठमाडौं । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेशन (आईओसी) ले नेपालमा मूल्य घटाएर पठाएको छ । शनिबार आईओसीले पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएको हो ।

भारतले मूल्य घटाएर नयाँ मूल्य पठाएतापनि नेपालमा तत्काल मूल्य नघट्ने भएको छ । निगमले आइओसीलाई पेट्रोलियम पदार्थको ३१ अर्बभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न समस्या भएको भन्दै तत्काल उपभोक्ता मूल्य नघटाउने तयारी गरेको छ ।

एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि रहेको कच्चा तेलले मूल्य हाल १०० डलरभन्दा कम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नोक्सानमा रहेको निगमलाई केही राहत मिलेको छ

प्रकाशित : १ श्रावण २०७९, आईतवार १४:४७