संसदीय बिशेष छानबिन समितिको म्याद ७ दिन थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

संसदीय बिशेष छानबिन समितिको म्याद ७ दिन थप



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुन ७ दिन थप भएको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको छ।

प्रकाशित : ५ श्रावण २०७९, बिहीबार १७:१५