निजी क्षेत्रका बन्द उद्योग संचालन गर्दै उद्योग मन्त्रालय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निजी क्षेत्रका बन्द उद्योग संचालन गर्दै उद्योग मन्त्रालय



काठमाडौं  २८ मंसिर । उद्योग मन्त्रालयले निजी क्षेत्रबाट संचालित भई बन्द अवस्थामा रहेका उद्योगहरु पुनः संचालन गर्ने भएको छ । मौजुदा कानुनले प्रत्याभूत गरेका वित्तीय उत्प्रेरणा उद्योगका लागि आवश्यक पूर्वाधार र बजार पहुँचको सम्भावना समेतका आधारमा हाल बन्द अवस्थामा रहेका निजी क्षेत्रका उद्योगहरुको सञ्चालन गर्न ‘शीघ्र विश्लेषण’ गर्न मन्त्रालयले निजी क्षेत्रसँग आवेदन माग गरेको छ ।

सो कार्यका लागि व्यवसायीले आफ्नो उद्योगको २१ दिनभित्र वास्तविक विवरण पेश गर्नुपर्ने हुन्छ । जसका लागि उद्योगको हालको अवस्था वित्तीय अवस्था र सञ्चालन क्षमता, उद्योगको पूर्वाधारको अवस्था, उद्योग बन्द हुनु अगाडी उद्योगले सिर्जना गरेको रोजगारीको अवस्था, उत्पादनको अवस्था, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको अवस्था, उद्योग पुनः सञ्चालन हुन सक्ने सम्भावना र पुनः उद्योग संचालनका लागि सरकारले गर्नुपर्ने सहजीकरणको विषयहरु उल्लेख गर्नुपर्ने हुन्छ ।

बन्द अवस्थामा रहेका उद्योग संचालनका लागि उक्त विवरण सहित उद्योग मन्त्रालय, उद्योग विभाग, घरेलु तथा साना उद्योग विभाग तथा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय÷समितिको कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ ।

बन्द रहेका उद्योग संचालनका लागि उद्योगीलाई भौतिक, नीतिगत र पूर्वाधारजस्ता कुराहरु सहयोग गरिने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । साथै मुलुकभित्र रोजगारी सिर्जना गरी देशको अर्थतन्त्र सुदृढ बनाउन नयाँ व्यवस्था गर्न लागिएको समेत उनले जानकारी दिए ।

प्रकाशित : २८ मंसिर २०७३, मंगलवार ०५:३०