काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो, कहाँसम्म जाँदा कति तिर्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो, कहाँसम्म जाँदा कति तिर्ने ?



काठमाडौं । बागमति प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । वाग्मती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारबाटै लागू हुनेगरी भाडा बढाएको हो ।

नयाँ भाडादर अनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ ।

वाग्मती प्रदेश सरकारले वैशाखमा लागू गरेको भाडादरमा अहिले ८.३९ प्रतिशत वृद्धि गरेको हो ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १७:०९