स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच साझेदारी, यसरी हेर्नुहोस् एसइइको नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच साझेदारी, यसरी हेर्नुहोस् एसइइको नतिजा



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइइ विद्यार्थीहरुलाई एसइइ २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएस सँग सम्झौता गरेको छ । एसइइ विद्यार्थीले एसएमएस मार्फत एसइइ को नतिजा हेर्न सक्नेछन् ।

स्प्यारो एसएमएसआधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसइइको नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका एसइइ विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएस मार्फत आफ्नो एसइइ नतिजा हेर्न सक्नेछन्।

विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, स्प्यारो एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्ध गराउने छ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् ।

जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्,
“केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो।’

एसइइ (एसएलसी) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत कसरी हेर्ने ?

१. आफ्नो मोबाइलको एसएमएस बाकसमा जानुहोस्
२. नयाँ एसएमएस लेख्नुहोस्
३. आफ्नो सिम्बोल नम्बर टाईप गरेर एउटा स्पेस दिनुहोस्
४. ३५००१ मा एसएमएस पठाउनुहोस्

प्रकाशित : ९ श्रावण २०७९, सोमबार १३:०३