नोकियाका दुईवटा फिचर फोन सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नोकियाका दुईवटा फिचर फोन सार्वजनिक



काठमाडौं, २८ मंसिर । नोकियाले विश्व बजारमा दुईवटा नयाँ फिचर फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले नोकिया १५० तथा नोकिया १५० ड्यूल सिम फिचर फोनहरु सार्वजनिक गरेको छ ।

एचएमडी ग्लोबलले नोकियाका पहिलो फोनहरु सार्वजनिक गरेको हो । यसअघि माइक्रोसफ्टले नोकियाका फोनहरु बजारमा सार्वजनिक गर्ने गरेको थियो ।

दुबै फिचर फोनहरुको मुल्य २६ अमेरिकी डलर तोकेको छ । जसमा एमपी थ्री, एफएम रेडियो, ब्लूटूथ लगायतका फिचर छन भने फोनमा २२ घण्टासम्मको टक टाइम तथा ३१ दिनको स्ट्याण्डबाई दिने ब्याट्री राखिएको छ ।

यो स्मार्टफोनमा अडियोका साथमा स्नेक जेन्जिया पहिले नै राखिएको छ भने निट्रो रेसिंगको ट्राइ एण्ड बाइ भर्सन राखिएको छ ।

नोकियाका दुबै फोनहरुमा भीजिए रिजोल्यूशन भएको फ्ल्याशसहितको क्यामरा पनि राखिएको छ ।

दुबै फोनहरु सन् २०१७ को शुरुवातमा बजारमा उपलब्ध हुनेछ जसमा थ्रीजी सपोर्ट भने छैन् ।

फोनमा २.४ इन्चको स्क्रीन रहेको छ भने माइक्रो यूएसबी चार्जर तथा एलईडी टर्चलाइट राखिएको छ । फोनमा स्टोरेज बढाउनका लागि ३२ जीबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ भने यसमा नोकिया सिरिज ३० प्लस अपरेटिंग सिस्टम प्रयोग गरिएको छ । मोबाइल खबरबाट

प्रकाशित : २८ मंसिर २०७३, मंगलवार १४:०७