नेपाल इन्सुरेन्सको बोनस शेयर सेयरधनीको डिम्याट खातामा जम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेपाल इन्सुरेन्सको बोनस शेयर सेयरधनीको डिम्याट खातामा जम्मा



काठमाडौं । नेपाल इन्सुरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत जेठ १६ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा जम्मा गरिदिएकाे हो ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको जेठ ३० गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : १० श्रावण २०७९, मंगलवार १४:३३