’विकास बैंकलाई सरकारले सौतेलो व्यवहार गरेको छ‘ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

’विकास बैंकलाई सरकारले सौतेलो व्यवहार गरेको छ‘



भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक गाभिएर  बनेको भिवोर सोसाइटी डेभलपमेन्ट र्बैंक  सबै भन्दा ठूलो  विकास बैंक हो ।  हाल र्बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड ५० लाख  छ । यस बैंकको निक्षेप गत असार मसान्तमा १४ अर्ब सात करोड थियो । चालु अार्थिक बर्षको असोज मसान्तमा १४ अर्ब ६७ करोड रहेको छ भने कर्जा लगानी १२ अर्ब ४० करोड छ ।

झलक प्रसाद खनाल  भिवोर सोसाइटी डेभलपमेन्ट र्बैंकको प्रमुख कार्यकारी अधिकृत छन । बैंकको विद्यमान अवस्था, मर्जको अनुभव र  विकासले भोगेका समस्यामा केन्द्रित रहेर सीइओ खनालसँग अर्थबजारका डिल्ली सापकोटाले गरेको कुराकानीः

 लामो कसरत पछि मर्ज भएर काम गरेको ३ महिना पुरा भयो । यस अवधीमा काम गर्दाको अनुभव चै कस्तो रहन गयो ?
३ महिनाको अबधी कुनै लामो हैन । दूई छुट्टै निकाय , कम्पनीहरु, छुट्टै संस्कृती,बोर्ड , सेयर होल्डरहरु र दुई छुट्टै ग्राहकहरु  सबैलाई      मिलाएर लैजानु छोटो अवधीमा निकै अनुभवी बनाएको छ । यस अवधीमा धेरै कुरा मर्ज मार्फत सिक्ने अवसर प्राप्त हुन गयो ।

भिवोर सोसाइटी डेभलपमेन्ट र्बैंक विकास बैंक मध्ये सबै भन्दा ठूलो बैंक बन्न सफल बनेको छ । यसलाई अझै उचाईमा पुर्याउन कस्ता चुनौतीहरु छन् ?
मैले बुझेको कुरा भनेको नेपाल राष्ट बैंकले समय सापेक्ष पुँजी बृद्धिको नीति लिएर आयो । यो कुरा भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बैंकहरुको संख्या घटाउने हो । त्यस्तै जनताहरुमा गुणस्तरिय बैंकिङ्ग पहुँच बढाउने लक्ष्य हो । यस्तै बैंकमा हुने जोखिमलाई कम गराउने पनि केन्द्रिय बैंकको उद्देश्य हो । यहि हिसाबले गर्दा यो राम्रो कुरा आयो है भनेर नै मर्जमा केन्द्रित भएको हु म । मर्जमा लाग्ने क्रममा हामी दुईसंस्थाहरु मिलेर चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठूलो विकास बैंक बन्न पुग्यौँ । शाखाहरुको दृष्टिकोणले हेर्दा पनि विकास बैंकहरु मध्ये ठूलो भयौ ।र, व्यवसायको हिसाबले हेर्दा दोस्रो ठूलो भएका छौँ ।  हुन त मर्जको कुरा राम्रो हो । तर, के देख्न्छि भने यो पुँजी बढाउने लक्ष्य हो भनेर बुझियो भने त्यो नीतिको मनसाय अनुसार हुँदैन कि ? भन्ने मलाई लाग्छ । वस्तवमा राष्ट्र बैंकको नीतिको मनसाय चै पुँजी बृद्धि गर्ने हो । तर, मर्ज मार्फत भन्ने म बुझ्छु । तर याहाँ अहिले बजारमा पुँजी बृद्धि गर्नेको लागि आवश्यक परे गर्ने हो । नत्र अन्य प्रकारले पुँजी बढाउने भन्ने कुरा हावी भएको पाईन्छ । तर यो कति चै युक्तीसंगत हो ? बैकिङ्ग व्यवसायको लागि दिर्घकालिन सोच राखेर गरिने निर्णय हुन ? यसले विगतमा ल्याएका विकृतिहरु आउने हुन कि भन्ने छ । तपाई हामीलाई जानकारी भएकै हो । हिजोका दिनमा पुँजी बढाउने नाममा जथाभावी हकप्रद सेयर जारी गरेर दुई नम्बरी पैसालाई प्रयोग गरेर जर्बजस्ती पुँजी बढाएर रातारात अर्बपति भएका मान्छे देखेका छौँ । त्यसले गर्दा कति डुबे कति के भए भन्ने हामीले देखेका छौ्रँ । त्यो प्रवृतिबाट राष्ट्र बैंकले बुझेको छ । हकप्रदबाट पुँजी बढाउने  बैंकहरुको बाढी आएको छ । यो कति प्रभावकारी हुन्छ ? २ सय संस्थाले हकप्रदबाट नै पुँजी पुर्याउने भए राष्ट्र बैंकको मनसाय पुरा होला त ? संख्या घट्छ? व्यवसाय बृद्धि हुन्छ ? प्रतिफल आउछ ? जोखिम कम हुन्छ ?भन्ने प्रश्न अनुतरित नै रहन्छ तसर्थ मेरो बुझाई यहि हो ।
मर्जपछि सञ्चालकहरु र कर्मचारीको व्यवस्थापन सबैभन्दा ठूलो चुनौति भएको राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको अनुसन्धानले पनि देखाएको छ । तपाईहरुको अहिलेको अनुभवले के भन्छ ?
हो चुनौति छ । हाम्रा ४ सय भन्दा बढी कर्मचारी छन । चार सय भन्दा बढी टाउका भए । धेरैका सोचाई फरक फरक हुने नै भए । सबैको सोचाई एकै हुदैन । कतिले सोच्लान यि आमाको रक्षा गरे दुध पाइन्छ । स्यार सुसार गर्नु पर्छ भन्ने मान्यता हुन्छ । कतिको दुध दिने गाई छ, बाधेर कुटेर भए पनि दुध दुहुने काम गर्छन । तर, त्यो गाईले कति दिन सम्म बाधेर दुध दिन्छ भन्ने मुल प्रश्न छ । यसलाई स्यार गर्नुपर्छ र दुध खान पाईन्छ भन्ने हिसाबले सबै कर्मचारीले  बुझ्ने हो भने समस्या आउदैन । यसमा पनि नेतृत्व तहमा रहेका क्षणिक निहित स्वार्थको लागि ठगेर, बसेर खाने प्रवृतिमा गए भने समस्याले नेटो काट्छ । बहुसंख्यक कर्मचारी नेतृत्ववर्गले जता लैजान्छ त्यतै जान्छ नि ।

बैंक तथा वित्तिय क्षेत्रमा आपसमा प्रतिस्पर्धा धेरै नै छ । यसलाई कसरी सामना गर्दै हुनुहुन्छ ?
जति सुकै गफ लगाए पनि हाम्रो  नेपालमा बैंकिङ्ग क्षेत्रले सिमित प्रकार सर्भिस र प्रोडक्ट बेच्ने हो । त्यसालाई बजारमा कसरी लैजाने भन्ने आफ्नो आफ्नो कला हो । हामीले प्रोडक्ट बेच्दै गर्दा मेरो बजार कुन हो भन्ने पहिचान गर्नु आवश्यक छ । मेरो योजना पनि यहिनै हो । मलाई मेरो मार्केट कहाँ गर्ने भन्ने थहाँ छ ।
बिस्तारै विकास बैंकहरुको अस्तित्व हराउदै गयो भन्ने पनि छ नि ?
विकास र्बैंकको आफ्नो छुट्टै पहिचान र बजार कुन हो भन्ने प्रस्ट भयो भने बाच्न पनि सक्ला । बाच्न सकेन भने कि माथी गएर कर्मसियल होला या डाउन होला । बजारमा टिक्न सकेन भने विश्वबाट डाइनासोर लोप भए जस्तै नेपालबाट विकास र्बैंक सकियो भनेर पिर मान्नुपर्ने कुनै कारण नै छैन । नेपालमा विकास र्बैंक आवश्यक छ भने त्यस अनुसारको नीति राष्ट्र बैँकले बनाउने छ ।
विकास बैंकले भोगेका समस्या चै के छन् ?
विकास बैंकबाट कर्मसियल बैंकको अपेक्षा गरिन्छ । ग्राहकबाट मात्रै होइन सरकारको पनि यहि छ । हामीले गर्न सक्ने काम हामीले गरेका छौँ । तर, हामीलाई सरकारले सौतेलो व्यवहार गरेको छ । डिपोजिटका सोर्सेजहरु माथि हामीलाई पहुँच दिइएको छैन । नागरिक लगानी कोष वा कर्मचारी संचय कोष अथवा सैनिक कल्याणकारी कोष लगायतका हामीलाई पहुँच छैन । किन भएन भन्दा हामी ख वर्गको वित्तिय संस्था भएकै कारणले यस्तो व्यवहार हुन आयो ।मेरो आग्रह भनेको क, ख, ग भनेर भेदभाव नगरम । त्यसको वित्तिय स्वास्थ्य कस्तो छ भन्ने कुरालाई प्रथामिकता दिउ । वित्तिय अवस्था राम्रो भए क, ख सबैले पाउन न । तपाईहरुको माध्यबाट नेपाल सरकारलाई मेरो प्रश्न छ, पुनर्निमाण प्राधिकरणले पहिले २५ हजार जनतालाई बाड्ने १ अर्ब १० करोड रुपैयाँ कसरी विश्वास गर्यो ? दिन नुहुने भए त्यो पनि हामीलाई विश्वास गर्नु हुदैन थियो नि । अहिले हामीले त्यही निकायमा बैंक ग्यारेन्टी इश्यु गरेर पठाए किन मान्य हुदैन ? ख वर्गको भनेर मान्य नहुने ? त्यसैले पनि विकास बैैंकसंग गरिएका भेदभावहरु तुरुन्त हटाउन आवश्यक छ । भेद  भन्ने कुरा वस्तुगत आधारमा राखिनु पर्छ । कुनै पनि बैंकलाई काम गर्नको लागि विभिन्न सिमाहरु तोकेर राखौ न ।

बुधवार, मंसिर २९, २०७३ मा प्रकाशित

प्रकाशित : २९ मंसिर २०७३, बुधबार ०३:०३