चार वर्षीया बालिकाको सामूहिक बलात्कार पछि हत्या, तीन जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

चार वर्षीया बालिकाको सामूहिक बलात्कार पछि हत्या, तीन जना पक्राउ



बीरगन्ज । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा एक बालकसहित तीन जना पक्राउ परेका छन्।

बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी खोजि गर्ने क्रममा वीरगंज महानगरपालिका- २ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला परेको थियो।

वडा कार्यालय विर्ताका प्रमुख, प्रहरी निरीक्षक बिशाल मल्लको टोलीले बीरगंज महानगरपालिका–२ बस्ने १९ वर्षीय जर्फु दिन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालिकालाई शनिबार पक्राउ गरेको हो।

घटानको थप अनुसन्धानको क्रममा घटना संलग्न १२ वर्षीया बालिकालाई पक्राउ गरी सोधपुछको क्रममा बालक र अन्य तीन जनाको संग्रलतामा ती बालिकालाई जबरजस्ती करणी पश्रात् हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए।

उनीहरुलाई माथी जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान र घटनामा संलग्र रहेका फरार एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उनकाअनुसार घटनामा संलग्रमध्ये सलमान खानलाई सोही महानगरपालिका–२ घुसुकपुरबाट तथा १८ वर्षीय किशोरलाई सोही महानगरपालिका–१६ नगवा स्थित सडकबाट प्रहरी गरिएको हो।

प्रकाशित : १० श्रावण २०७९, मंगलवार १९:२०