एसईईको नतिजा आज सार्वजनिक हुदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

एसईईको नतिजा आज सार्वजनिक हुदै



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो प्रकाशन गर्ने भएको छ । त्यसैको तयारी स्वरुप आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । बैठक सकिए लगत्तै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

यता, राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा को नतिजा विभिन्न तरिकाले हेर्न सकिने ब्यबस्था गरेको छ । बोर्डले नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेभसाइट, एसएमएस र आइभीआरबाट प्रकाशित गर्न स्वीकृत दिईएको छ । बोर्डले एसएमस र आइभीआर अन्तर्गत ४ वटा संस्थालाई र वेबसाइट मार्फत ९ वटा संस्था मार्फत नतिजा हेर्न सक्ने जनाएको छ ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार ११:२७