एनएमबि बैंकले‍ १९ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि बैंकले‍ १९ प्रतिशत बोनस शेयर दिने



काठमाडौं, २९ मंसिर  । एनएमबि बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले उक्त बोनसका लागि आगामी पुस २४ गते आफ्नो २१ औं साधारणसभा बोलाएको छ ।

पुस २४ गते प्रज्ञा भवन काठमाडौंमा आयोजना हुने साधारणसभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पनि पारित गर्ने भएको छ ।

त्यस्तै बैंकले सभामा चुक्तापूँजी वृद्धिका लागि प्रिमियममा एफपीओ गर्ने प्रस्ताव पनि लैजाने भएको छ । कति संख्यामा शेयर जारी गर्ने भन्ने उल्लेख नगरेको बैंकको सभाले नै उक्त संख्या तय गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले आगामी साधारणसभाका लागि पुस ६ देखि २४ सम्म बूक क्लोज हुने भएको छ ।

प्रकाशित : २९ मंसिर २०७३, बुधबार ०८:१०