यी हुन सबैभन्दा धेरै कर तिर्ने पाँचवटा वाणिज्य बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी हुन सबैभन्दा धेरै कर तिर्ने पाँचवटा वाणिज्य बैंक



काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक तथा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने १० कम्पनीमध्ये पाँच हुन् ।

तत्कालीन अवस्थामा साबिक मूल्य अभिवृद्धि कर विभागमा वार्षिक ५ करोडभन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर परीक्षण हुने व्यवस्था गरिएको आजको कारोबार दैनिकमा खबर छ। विभाग एकीकरण भएपछि १० करोडभन्दा बढी कारोबार हुने करदाताको कर परीक्षण विभागबाटै हुने प्रबन्ध मिलाइयो भने २०६० माघ १ गतेदेखि ठूला करदाता कार्यालय स्थापना गरिएको थियो। ठूला करदाता कार्यालय अन्तर्गत वार्षिक १ अर्बभन्दा बढी करयोग्य कारोबार गर्ने करदाता पर्छन् ।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार ०८:०९