प्रधानमन्त्रीको सम्पती एक कठ्ठा जग्गा र तीन तोला सुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रधानमन्त्रीको सम्पती एक कठ्ठा जग्गा र तीन तोला सुन



काठमाडौं, २९ मंसिर  । नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरेको छ । केही दिनअघि मन्त्रीपरिषद्को निर्णयबाट सम्पत्ति सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको सम्पत्ति विवरणमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको पैत्रिक सम्पत्तिमा चितवनको भरतपुरमा एक कठ्ठा जग्गा र तीन तोला सुन मात्र रहेको उल्लेख छ ।

यसअघि,नौ वर्षअघि तत्कालीन माओवादी पार्टीको पाँचौँ विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएको थियो। त्यसमा केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेको थियो ।

जसमा प्रधानमन्त्र प्रचण्डसँग नगद नरहेको र सुनरचाँदीमा दुई तोला सुन रहेको बताइएको थियो । त्यस्तै जग्गाजमिनमा भरतपुर चितवनमा श्रीमतीसहितको नाममा तीन/चार लाख पर्ने एक कट्ठा/सातधुर घरघडेरी रहेको उल्लेख थियो ।

प्रकाशित : २९ मंसिर २०७३, बुधबार ११:१९