सुनको मुल्य तोलामा २०० सय रुपैंयाले बढ्यो, चाँदीको मुल्य भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा २०० सय रुपैंयाले बढ्यो, चाँदीको मुल्य भने स्थिर



काठमाडौं । आज मंगलबार सुनको मुल्य बढेको छ । सोमबार तोलामा ९५ हजार ४०० सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा २०० सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज तेजाबी सुनको मुल्य ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १२२० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य मंगलबार पनि सोहि मुल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलवार ११:३८