अस्वाभाविक ब्याजको लोभमा नपर्न सदस्यलाई महासंघको अपिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अस्वाभाविक ब्याजको लोभमा नपर्न सदस्यलाई महासंघको अपिल



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले विभिन्न सहकारी संस्थामा तरलताको प्रभाव पर्दैगएकोले बचतकर्ताको बचत फिर्ता गर्न कठिनाई भएको जनाएको छ । महासंघले मंगलबार सुचना जारी गरी यस विषयमा सहकारी संघ/संस्था लगाएत सदस्यहरुमा संयमित भई अगाडी बढ्न अपिल गरको हो ।

महासंघले करिब एक बर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेकोले आफ्नो वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढि तरलता कायम राख्न अपिल गरेको छ ।

त्यसैगरी, परिस्थिति सहज नहुदासम्म घरजग्गा लगायत अनुत्पादक क्षेत्र एवं ठूला लगानी नगर्न पनि सहकारी संघ संस्थाहरुलाई अपिल गरेको छ ।

साथै, सदस्य एवंम् सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राखि सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न अपिल गरेको छ ।


सदस्यहरूले समेत अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसंग मात्र कारोबार गर्न समेत महासंघले अपिल गरेको छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलवार १५:२८