नेपालका १८ वटा एयरलाइन्स कम्पनी इयूको कालोसूचीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपालका १८ वटा एयरलाइन्स कम्पनी इयूको कालोसूचीमा



काठमाडौं, २९ मंसिर  । युरोपियन युनियन(इयू)ले  नेपालका  १८ वटा एयरलाइन्स कम्पनीहरुलाई कालोसूचिमा राखेको छ । इयूले नेपालका १८ वटा एयरलाइन्स कम्पनीमध्ये कसैले पनि यूरोपका देशहरुमा उडानको अनुमति नपाउने स्पष्ट पारेको छ । नेपाली हवाइसेवा कम्पनीले सुरक्षाको मापदण्ड पूरा नगरेको, जोखिमपूर्ण ढंगले सेवा संचालन गरिएको आरोप लगाउने गरेको छ ।

लामो समयदेखि यूरोपियन युनियनले नेपाली एयरलाइन्स कम्पनीलाई कालोसूचिमा राख्दै नेपाली आकाश जोखिमपूर्ण रहेको बताउने गरे पनि नेपाल सरकारको कमजोरीका कारण यसपटक पनि त्यही अवस्था दोहोरिएको हो ।

इयूूको कालोसूचिमा घरेलु हवाई सेवामा आफूलाई अब्बल दाबी गर्ने बुद्ध एयरदेखि अन्तराष्ट्रिय उडान प्रयोजनकै लागि हालै सुरु भएको हिमालयन एयरलाइन्ससम्म परेका छन् । यस्तै, एयर डाइनेस्टी, एयर काष्ठमण्डप, फिस्टेल एयर, गोमा एयर, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स पनि इयूको कालोसूचिमा रहेका छन् ।

प्रकाशित : २९ मंसिर २०७३, बुधबार १५:४७