लघुवित्त वित्तीय संस्थाले जारी गर्ने ऋणपत्रको सीमा शत प्रतिशत बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

लघुवित्त वित्तीय संस्थाले जारी गर्ने ऋणपत्रको सीमा शत प्रतिशत बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले जारी गर्ने ऋणपत्रको सीमा बढाएको छ ।

बैंकले थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्दा सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त विभिन्न सर्तहरूको अधीनमा रही आफ्नो चुक्ता पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि निवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।


तर, राष्ट्र बैंकले बुधवार मौद्रिक नीतिको कार्यान्वयन निर्देशिका जारी गर्दै उक्त व्यवस्थालाई परिमार्जन गर्दै ऋणपत्रको सीमा शत प्रतिशत पुर्‍याइदिएको हो ।

बैंकले सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त निम्न सर्तहरूको अधीनमा रही आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि केन्द्रिय बैंकमा निवेदन पेस गर्न सक्ने जनाएको छ ।

त्यस्तै, ईजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोवार संचालन गरेमा थप सहुलियत प्रदान गरिने जनाएको छ । थप सहुलिएतका लागि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने भएको छ ।

साथै, वार्षिक २० प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०८० असार मसान्त सम्मको लागि छुट प्रदान गर्ने जनाएको छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार १३:५०