प्रभु बैंक र इक्यानबिच बैंकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंक र इक्यानबिच बैंकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बिच बैंकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  अशोक शेरचन र नेपाल शैक्षिक परामर्श संघ इक्यान) का तर्फबाट अध्यक्ष राजेन्द्र बरालले हस्ताक्षर गरे । बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बिच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम नेपाल शैक्षिक परामर्श  संघ (इक्यान) र संघ (इक्यान)  आबद्ध देशभर रहेका  सदस्य संस्थाहरुलाई बैकिङ्ग सेवा उपलब्ध गराउनका लागि प्रभु बैंक लिमिटेड आधिकारिक बैंक बनेको छ ।

सम्झौता अनुसार प्रभु बैंक लिमिटेडले नेपाल शैक्षिक परामर्श संघ ९भ्ऋब्ल्०  र संघ (इक्यान)मा आवद्ध देशभरका शैक्षिक परामर्श प्रदायक संस्थाहरुलाई सस्तो सुलभ र सरल बैंकिङ्ग सेवा उपलब्ध गराउने छ । साथै, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा आवद्ध शैक्षिक परामर्श प्रदायक विभिन्न संस्थाहरुको परामर्शमा उच्च शिक्षा हािसल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा जस्तै, शैक्षिक कर्जा, बाह्य रेमिटान्स, बैंक व्यालेन्स सर्टिफिकेट, विदेशी विनिमय सम्बन्धी कारोबार लगायत अन्य सम्बन्धित बैंकिङ्ग सेवाहरु  बैंकले आफ्ना सबै शाखा  कार्यालयहरुबाट प्राथमिकताका साथ सम्बन्धित विद्यार्थीहरुलाई उपलब्ध गराउनेछ । अन्तर्राष्ट्रियस्तरको अंग्रेजी दक्षता परीक्षा दर्ता शुल्क सम्बन्धी कारोबार पनि बैंकको कुनै पनि शाखा कार्यालयबाट सहज रुपमा उपलब्ध हुनेछ । यसबाट उच्च शिक्षाको लागि विदेश जान चाहने सम्पुर्ण नेपाली विद्यार्थीहरुले आफु लाभान्वित भएको महशुस गर्नेछन् भन्ने  बैंकले विश्वास लिएको छ ।

प्रकाशित : १ असार २०७२, मंगलवार १३:३६