नेप्से परिसूचक घटेपनि, कारोबार रकममा भने बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक घटेपनि, कारोबार रकममा भने बृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले घटेको छ । नेप्से ६.७२ अंकले घटेर दुई हजार एक सय ८६ दशमलब ७७ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.५९ अंक घटेको छ।

त्यस्तै, आज नेप्सेमा ४ अर्ब २ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लाे दिन नेप्सेमा तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे।आज कारोबार भएका कम्पनीहरुमध्ये ९६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७७ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत बढेको छ।

नेप्सेका अनुसार स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ भने गुडविल फाइनान्सको ३.४३ प्रतिशत, बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २५ करोड ३४ लाख ३० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार १६:१२