बेलायत गठन भयो ‘चितवन समाज यूके’, अध्यक्षमा शालिक सापकोटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

बेलायत गठन भयो ‘चितवन समाज यूके’, अध्यक्षमा शालिक सापकोटा



लन्डन। चितवन घर भई बेलायतमा बस्ने चितवनेहरुको नयाँ संस्था ‘चितवन समाज यूके’ को पहिलो अधिवेशन सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट सम्पन्न प्रथम अधिवेशनले शालिक सापकोटाको नेतृत्वमा कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा सशांक शर्मा, डिला गैरे र नारायणी लामिछाने चुनिएका छन् भने महासचिवको जिम्मेवारी खेम शर्माले पाएका छन्। बेलायतका चारै राज्यको प्रतिनिधित्व गर्ने गरी सचिवमा डिल्ली लामिछाने इंग्ल्याण्ड, पदम खरेल स्कटल्याण्ड र डिला गैरे नर्दन आयरल्यान्ड चयन भएका छन् भने वेल्सबाट पछि मनोनित गरिने भएको छ।

क्रमशः कार्यसमितिमा कोषाध्यक्ष सञ्जन गौतम, सहकोषाध्यक्ष शोभा ढकाल, महिला तथा सांस्कृतिक संयोजक दुर्गा पाठक सिलवाल र सहसंयोजक सबु सेञ्चुरी, सदस्यता विस्तार संयोजक खिमानन्द कंडेल चुनिएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा अरुण कोइराला, हरि सापकोटा, टिकाराम न्यूरे, कमल खरेल, भिष्म गौतम, कोपिला गौतम, गोविन्द रिजाल, इश्वर चौधरी, दीपक भट्टराई, राम तिवारी, प्रकाश अर्याल, यदुनाथ आचार्य, गोपाल सापकोटा, प्रजापति कंडेल, शिव वाग्ले, सोहन घिमिरे र थमलाल गैरे छन्।

अधिवेशनले समाजको संरक्षकमा शान्ताविनोद लामिछानेलाई नियुक्त गरेको छ। त्यस्तै, सल्लाहकारमा कृष्णप्रसाद शर्मा, गोविन्द सापकोटा, डा कृष्ण सापकोटा, परशुराम पाण्डे, नवीन सापकोटा, राजु कंडेल, राम भट्टराई, प्रेम सापकोटा, डा.मीन रानाभाट, सञ्जय कंडेल, हरिभक्त न्यौपाने, शिव भन्डारी, भोजराज कंडेल, हरि पौडेल, आनन्द धरेल, केदार थपलिया, तारा अर्याल, विष्णु न्यौपाने, होमनाथ पौडेल, रामु सापकोटा, केशब सापकोटा, बृहस्पति कंडेल, भीम खरेल, तारा पौडेल, सन्तोष पौडेल, शेरकुमार ठकुरी, गंगाधर गौतम, ऋषि सापकोटा र विकास सापकोटा चुनिएका छन्।

सर्वसम्मत चुनिएको समाजको पहिलो कार्यसमितिका पदाधिकारीहरुलाई साझा नेपाली समाज यूकेका अध्यक्ष कृष्णप्रसाद शर्माले शपथ ग्रहण गराएका थिए। अधिवेशनमा तदर्थ समितिका तर्फबाट प्रस्तुत संस्थाको विधान पारित गरिएको थियो।

तदर्थ समितिका संयोजक शालिक सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशन डिल्ली लामिछानेले सञ्चालन गरेका थिए। स्वागत मन्तव्य सशांक शर्माले दिएका थिए। अधिवेशनमा भरतपुर महानगरपालिकाका पूर्व प्रशासक टिकाराम कंडेल अतिथिको रुपमा सहभागी थिए ।

अध्यक्ष शालिक सापकोटाले चितवन समाज यूकेलाई बेलायतमा बस्ने चितवनेहरुको सुख दुखको साथीकारुपमा अघि बढाइने बताए । आफ्ना सदस्यहरुलाई समस्यामा परेका बेला सहयोग गर्नेदेखि बेलायतमा आवश्यक पर्ने विभिन्न विषयमा उपयोगी सूचना जानकारी दिलाउने संस्थाका लक्ष्य रहेको उनको भनाइ छ।

त्यसबाहेक गृहजिल्लामा समेत विभिन्न माध्यमबाट आवश्यक सीप, क्षमता बढाउने खालका कार्यक्रमहरु गरिने अध्यक्ष सापकोटाले जनाए।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार २२:०१