‘चन्द्रागिरि केबलकार‘को ग्रान्ड ओपनिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘चन्द्रागिरि केबलकार‘को ग्रान्ड ओपनिङ



काठमाडौ ३० मंसिर । आन्तरिक तथा बाह्रय पर्यटकलाई लक्षित गरी काठमाडौंको थानकोटमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको ’ग्रान्ड ओपनिङ‘ गरिएको छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचन्ड‘ले बिहिबार एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले  विकास निर्माणमा नीजि क्षेत्र र सरकारसंगै मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए ।इच्छा शक्ति भयो र मन लगाएर काम गर्यो भने विकास संभव रहेको उनको भनाई थियो । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासका काममा सरकारले सहजकर्ताको रुपमा काम गर्नुपर्ने आवश्यकता औल्याए ।

उनले चन्द्रागिरिमा व्यवसायीकता संगै यस क्षेत्रको पर्यवरणमा कम्पनीले बिशेष ध्यान दिएको बताउदै ढकालले कम्पनीले आर्जन गरेको नाफाको पहिलो प्रथामिकता स्थानिय स्तरमा नै हुने जानकारी दिए ।  नेपाल आउने कुल विदेशी पर्यटकमध्ये ३० देखि ४० प्रतिशत पर्यटकलाई चन्द्रागिरिमा पु¥याई उनीहरूको बसाइ १ दिन लम्ब्याउने कम्पनीको योजना रहेको ढकालले जानकारी दिए । एकै पटकमा १० हजार मानिसलाई ‘होल्ड’ गर्ने गरी चन्द्रागिरि पर्यटकस्थल बनिरहेका कारण यो सञ्चालनमा आउनासाथ होटललगायत अन्य व्यवसाय फस्टाउने ढकालको दाबी छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी कार्यवहाक अध्यक्ष भवानी राणाले  मुलुकको सम्बृद्धिको लागि निजी क्षेत्रले अनुदान भन्दा पनि अवसर खोजेको बताइन् । अबको क्रान्ति आर्थिक क्रान्ति रहेको जोड दिदै राणाले राजनितिक दलहरु पनि विकासका काममा लाग्न प्रतिबद्ध हुन आवश्यक रहेको बताइन् । सञ्चालक अम्बिकाप्रसाद पौडेलले ३ सय जनाले प्रत्यक्ष र २ सय जनाले अप्रत्यक्ष रोजगारी पाउने जानकारी दिए । कार्यक्रममा सामान्य पं्रशासन मन्त्री केशब कुमार बुढाथोकी, वनमन्त्री शंकर भण्डारी, कम्पनी सञ्चालक हेमराज ढकाल, सञ्चालक मिन बहादुर गुरुङ लगायतले आ—आफ्नो धारणा राखेका थिए ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरेर यो परियोजना सञ्चालनमा ल्याइएको  कार्यक्रममा उक्त भ्रमण स्थानका सम्पूर्ण पूर्वाधार निर्माण कार्य पूरा भइनसकेको पुर्ण रुपमा सञ्चालनमा आएको कम्पनीले बताएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा कम्पनीले केबलकारसँगै रकक्लाइम्बिङ, जीप फ्लायर, प्याराग्लाइडिङ तथा अत्याधुनिक बुटिक होटल सञ्चालन गर्ने लक्ष्य लिएको छ । कम्पनीका अनुसार अष्ट्रियाको आधुनिक ‘डोपलमेयर’ कम्पनीबाट केबलकार आयात गरी साढे तीन अर्ब को लागतमा चन्द्रागिरि केबलकार निर्माण गरिएको हो । केबलकार आन्तरिक तथा विदेशी पर्यटकलाई लक्षित गरिएको कम्पनीले बताएको छ ।

करिब ८ करोड रुपैयाँको लागतमा बनेको उक्त मन्दिरमा धार्मिक पर्यटक आउने कम्पनीले विश्वास लिएको छ । नेपालीलगायत भारतीय हिन्दू तथा बौद्ध धर्मावलम्बीलाई इच्छा पुरेश्वरम् महादेव मन्दिरले आकर्षित गर्ने लक्ष्य लिएको हो । कम्पनीको तल्लो स्टेशन ६ हेक्टर जग्गामा फैलिएको छ भने माथिल्लो स्टेशनका लागि सरकारसँग ३६ हेक्टर जमीन लिजमा लिएको छ । ८ सय मिटरको फरकमा राखिएका ११ ओटा पोल भएर थानकोटबाट चन्द्रागिरि ४ दशमलव २ किलोमिटर पुग्न करीब ८ मिनेट लाग्नेछ । फनपार्क प्रालिमार्फत ५ जना नेपालीको शेयर लगानीमा चन्द्रागरि केबलकारको निर्माण गरिएको हो ।

प्रकाशित : ३० मंसिर २०७३, बिहीबार १३:३०