विभागद्वारा गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विभागद्वारा गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस



काठमाडौं । सहकारी विभागले सदस्यको बचत हिनामिना गरेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको छ । विभागले बिहीबार विज्ञप्ती जारी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको हो ।

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको हित विपरित कार्य गरेको, निर्धारित शर्त बमोजिम बचत फिर्ता नगरेको, सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेको र संस्थाका ११०० भन्दा बढी सदस्यको बचत फिर्ता नगरेकोले सहकारी ऐन २०७४ को दफा १०४९१० को खण्ड क, ख, ग, घ तथा च समेतको अवस्था विद्यमान देखिएको भन्दै संस्थालाई समस्याग्रस्त सहकारी संस्थाको रुपमा घोषणा गर्न विभागले सिफारिस गरेको छ।

त्यस्तै,विभागले जिल्ला प्रशासन कार्यालयलाई यसअघि संस्थाका अधयक्ष रामबहादुर गौतमसहित सञ्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिन पत्राचार गरेकोमा कुनै पनि सञ्चालक तथा कर्मचारी विभागमा नल्याएको तथा निजहरु स्वयंपनि सम्पकर्मा नआएको जनाएको छ ।


सहाकारी संस्थाका अध्यक्ष राम बहादुर गौतम तथा निजको पत्नी निर्मला खत्री गौतमको नाममा नेपाल भर रहेको घर जग्गा रोक्का गरी दिनु भनि भुमी व्यवस्थापन तथा अभिलेख विभागलाई गत साउन १७ गते जानकारी गराएको थियो । साउन १७ गते सम्म १ अर्ब ७५ करोड भन्दा बढीको माग दाबी सहित ११०० भन्दा बढीले उजुरी दिएका थिए ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार १५:३३