नेप्से परिसूचक घट्याे, कारोबार रकममा पनि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्से परिसूचक घट्याे, कारोबार रकममा पनि गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पाँचौं दिन आज बिहीबार दोहोरो अंकले घटेको छ । नेप्से ३८.६१ अंकले घटेर दुई हजार एक सय ४८ दशमलब १६ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ८.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.७२ अंक घटेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ कम्पनीको शेयरमूल्य घटेको छ ।

यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बलेफी हाइड्रोपार लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६२.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज युनाइटेड इदि मर्दी आरबी हाइड्रोपारका लगानीकर्ताले सर्वाधिक गुमाएक छन् । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २५ करोड २२ लाख ११ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार १५:५२