ब्याज कै कारण सहकारीमा समस्या आयाे , नियन्त्रण गराैँः मन्त्री श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

ब्याज कै कारण सहकारीमा समस्या आयाे , नियन्त्रण गराैँः मन्त्री श्रेष्ठ



काठमाडौ । भूमी व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले सहकारीमा  ब्याज कै कारण समस्या आएकाे भन्दै यसलाई  नियन्त्रण गर्न जरूरी रहेकाे बताएकी छिन्।

बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

‘सहकारीमा सबैभन्दा कम ब्याज हुनु पर्ने हो, तर यही क्षेत्रमा बढी ब्याज छ,’ उनले भनिन् । ब्याजकै कारणले सदस्यकाे बचत जाेखिममा परेकाे उनकाे कथन छ ।

‘पछिल्लो समय सहकारीमा देखिएको सहकारीको गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको छ, अब सबै बदलिन आवश्यक छ,’ मन्त्री श्रेष्ठले भनिन् ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार २१:३७