सहकारीलाई सहयाेग गर्न ग्लाेबल आईएमई बैंक सधै तयार छ: सिइआे बज्राचार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सहकारीलाई सहयाेग गर्न ग्लाेबल आईएमई बैंक सधै तयार छ: सिइआे बज्राचार्य



काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आउदाे मंसिरभित्र ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके) बीच एकीकृत कारोबार हुने बताएका छन् ।

बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले मंसिरसम्म बैंक अफ काठमाण्डूसँग एकीकृत कारोबार हुने बताएका हुन।

उनले अन्य सूचकमा जस्तै डिजिटल बैंकिङमा पनि ग्लोबल आइएमई बैंक अगाडि रहेको दावी गरे ।

‘ग्लोबल आइएमई बैंक नेपालको इतिहासमै सबैभन्दा ठूलो बैंक हो, डिजिटल बैंकिङमा पनि ग्लोबल बैंक अगाडि नै छ, दैनिक एक लाखभन्दा बढी ट्राजेक्सन कार्डबाट हुन्छ,’ उनले भने । उनले सहकारीलाई सहयाेग गर्न ग्लाेबल बैंक सधै तयार रहेकाे बताए।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार २२:००