राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३७.३८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३७.३८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।जुन अघिल्लाे बर्षकाे तुलनामा खुद मुनाफा ३७.३८ प्रतिशतले धेरै हाे ।

गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो ।


आ.व. २०७८/७९ को बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ६७ करोड (गत वर्ष ८ अर्ब २४ करोड), कुल संचालन आम्दानी ११ अर्ब २७ करोड (गत वर्ष ९ अर्ब ७६ करोड), संचालन नाफा ७ अर्ब १ करोड (गत वर्ष ५ अर्ब ९ करोड), कुल समग्र आम्दानी ३ अर्ब ८ करोड (गत वर्ष ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड रहेको छ ।


२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७८/७९ मा बैैंंकको शेयरधनी कोष ४ अर्ब ८१ करोडले वृद्धि भई ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति १९ अर्ब रुपैंयाले वृद्धि भई ३ खर्ब २९ अर्ब पुगेको छ ।


२०७९ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर ४.२९ प्रतिशत, कोषको लागत दर ६.०१ प्रतिशत तथा प्रतिशेयर आम्दानी ३४.९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको छ ।


आ.व.२०७८/७९ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार ११:४८