सुनचाँदीकाे मुल्य बढ्याे, कति पुग्याे ताेलाकाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीकाे मुल्य बढ्याे, कति पुग्याे ताेलाकाे ?



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलाको ७०० सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर ९६ हजार ३०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार २२० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार ११:५३