एनएमबि क्यापिटलले दुई फण्डका इकाईधनीलाई लाभांश दिने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

एनएमबि क्यापिटलले दुई फण्डका इकाईधनीलाई लाभांश दिने घाेषणा



काठमाडौं । एनएमबि क्यापिटलले आफ्ना दुई वटा फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड–१ र एनएमबि ५० का इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीकोको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा एनएमबि हाइब्रिड फण्ड–१ का इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशत र एनएमबि ५० का इकाईधनीहरुलाई १‍.०५२६३ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार १२:१८