रेमिटेन्स बृद्धि दर घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

रेमिटेन्स बृद्धि दर घट्यो



काठमाडौं १ पुस । विदेशमा रहेका नेपालीहरुले चार महिनामा  दुई खर्ब ३२ अर्ब १४ करोड रुपैयाँ रमिटेन्स पठाएका छन्। वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा भने कमी आइरहेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्मको देशको समग्र आर्थिक अवस्थाका बारेमा विवरण सार्वजनिक गर्दै रेमिटेन्स बृद्धि दर ७.८ प्रतिशत रहेको जनाएको छ। जबकी अघिल्लो बर्षको कात्तिकसम्म  बृद्दि दर १९.४ प्रतिशत थियो।

रेमिटेन्स बृद्धि दर घट्नुको कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा आएको कमी हो। अघिल्लो बर्षको तुलनामा यस बर्ष ७.९ प्रतिशत कम वैदेशिक रोजगारीमा नेपाली गएका छन्।

रेमिटेन्समा आएको कमीको असर देशको समग्र शोधनान्तर अवस्थामा परेको छ। गत बर्षको कात्तिकसम्म ८३ अर्ब ७० करोड रुपैयाँ बचत रहेको शोधनान्तर यसपाली २१ अर्ब ९८ करोड रुपैयाँ मात्र बचतमा छ। देशभित्र भित्रिनेभन्दा वाहिरिने रकम कम हुँदा शोधनान्तर बचत हुन्छ। असोजमा यस्तो बचत १९ अर्ब ७० करोड रुपैयाँ थियो।

प्रकाशित : १ पुष २०७३, शुक्रबार १३:१८