मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा ५.५१ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा ५.५१ प्रतिशतले बढ्यो



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५.५१ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष बैंकले १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा यसको खुद ब्याज आम्दानी १४.२० प्रतिशतले बढेर ३० करोड ७२ लाख रुपैंया पुगेको छ भने, सञ्चालन नाफा ५.३१ प्रतिशतले बढेर २१ करोड ९५ लाख रुपैंया पुगेको छ ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा भने १२.६७ प्रतिशतले घटेर १० करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आबमा वितरण योग्य नाफा १२ करोड ५३ लाख रुपैंया पुगेको थियो ।

बैंकको निक्षेप संकलन ११.३४ प्रतिशतले बढेर ६ अर्ब ६४ करोड ५ लाख रुपैंया पुगेको छ भने, कर्जा लगानी ७.६० प्रतिशतले बढेर ४ अर्ब ८३ करोड ७ लाख रुपैंया पुगेको छ ।

बै‌कको प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसाले घटेर १७ रुपैयाँ ०१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३१ पैसा छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार १२:३५