नेप्सेको ओरालो यात्रा कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेको ओरालो यात्रा कायमै



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज शुक्रबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.८५ अंकले घटेर दुई हजार एक सय १३ दशमलब ३० विन्दुमा पुगेर बन्द भएको हो ।

त्यस्तै,आज २ घन्टा खुलेको बजारमा कारोबार रकम पनि घटेको छ । नेप्सेमा २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये २१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै एक कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये आज जोशी हाइड्रोपावर कम्पनीको लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६२.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज मैलुङखोला जलविद्युत्त कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १५ करोड ६६ लाख २९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार १३:२७