सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४५.३९ प्रतिशत बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४५.३९ प्रतिशत बढ्यो



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत असार मसान्तसम्ममा ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४५.३९ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको गत आवमा वितरण योग्य नाफा भने ३४ करोड ८६ लाख रुपैंया रहेको छ भने चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख रुपैयाँ छ ।
गत आवमा बैंकले ४० अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले १ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ४४.८८ प्रतिशत बढी हो ।

गत अामा बैंकले ८६ करोड रुपैयाँ संचालन नाफा गरेको छ । भने खराब कर्जा अनुपात ०.४१ प्रतिशतले घटेर ०.९८ प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७९ पैसा, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार १३:५१