आजदेखि मतदाता नामावली संकलन स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

आजदेखि मतदाता नामावली संकलन स्थगित



काठमाडौं । सरकारले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय लगायत विभिन्न ठाउँबाट भइरहेको मतदाता नामावली संकलन आजबाट स्थगित गरिएको आयोगले जनाएको छ ।

अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार १६:४८