एक बर्षमा बाणिज्य बैंकहरुको मुनाफा २३.१४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक बर्षमा बाणिज्य बैंकहरुको मुनाफा २३.१४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौंथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार २६ वटा बाणिज्य बैंकहरुले चौथो त्रैमाससम्म आईपुग्दा कुल ७४ अर्ब ८० करोड १४ लाख रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । जुन बैंकहरुको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २३.१४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकहरुको नाफा ६० अर्ब ७४ करोड ३२ लाख रुपैयाँ थियो ।

बैंकहरुले प्रकाशित गरेको विवरण समग्रमा हेर्दा पुँजी सँगसँगै नाफा लगायत अन्य महत्वपूर्ण सूचकमा पनि सुधार गरेको देखिन्छ । विवरण अनुसार अधिकांश सूचकमा ग्लोबल आइएमई, एनआइसी एसिया, राष्ट्रिय बाणिज्य र नबिल बैंक अगाडि रहेका छन् भने नाफा आर्जनमा भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र निजि तर्फको ग्लोबल आइएमई बैंकबीच प्रतिस्पर्धी जस्तै देखिएको छन् ।

कस्को कति खुद नाफा ?

वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुमध्ये सबैभन्दा बढी नेपाल एसबीआई बैंकले खुद नाफामा वृद्धि गरेको छ भने, सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ ।

स्रोतः सम्बन्धित बैंकले प्रकाशित गरेको विवरणको आधारमा


वित्तीय विवरण सार्वजनिक गर्ने बाणिज्य बैंकहरु मध्ये गत आवमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको खुद नाफा ३७.३८ प्रतिशतले बढेको हो । त्यस्तै, दोस्रोमा खुद नाफा कमाउने ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । त्यसैगरी, नबिल तेस्रो स्थानमा रहेको छ । यस बैंकले गत आवसम्म ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आबको तुलनामा ९.८३ प्रतिशतले बढी हो ।

अर्काे धेरै कमाउनेमा एनआइसी एशिया बैंक पनि रहेको छ । यस बैंकले गत आवमा ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आबको सोही अवधिको तुलनामा ३८.८६ प्रतिशतले बढेको छ । अर्काे इन्भेष्टमेन्ट बैंक रहेको छ, यस बैकले गत आबमा ४ अर्ब ८ करोड ६३ लाख रुपैंया खुद नाफा कमाएको छ । गतबर्षको तुलनामा बैंकको नाफा १४.८३ प्रतिशतले बढेको छ । २६ बैंकहरुमध्ये ३ वटाको मात्र नाफा घटेको छ । जसमध्ये कृषि विकास बैंकको गत आवमा खुद नाफा २३.७४ प्रतिशतले घटेर २ अर्ब ६९ करोड प’गेको छ । त्यस्तै, हिमालयन बैंकको १७.२२ प्रतिशतले ख’द नाफा घटेर २ अर्ब ४८ करोड २१ लाख रुपैंयामा सिमित रहेको छ । साथै अर्काे सानिमा बैंकको १.०२ ले नाफा घटेर २ अर्ब २९ करोड २९ लाख रुपैंया पुगेको हो ।

कुन बैंकको चुक्ता पुँजी कति ?

असार मसान्त सम्म आइपुग्दा बाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी ३ खर्ब ५७ अर्ब ९ करोड ५४ लाख रुपैंया पुँगेको छ । यसमध्ये पनि सबै भन्दा धेरै चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको रहेको छ । गत आवमा यसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो पुँजी बढाउनेमा नबिल बैंक रहेको छ । जसको चुक्ता पुँजी पनि २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको तुलनामा यसको पुँजी ६४.९२ प्रतिशतले बढी छ ।

स्रोतः सम्बन्धित बैंकले प्रकाशन गरेको तथ्यांकको आधारमा

जगेडा कोषमा कुन बैकको कति ?

असार मसान्तसम्म सबैभन्दा वाणिज्य बैंकहरुको जगेडा कोषमा कुल २ खर्ब ४ अर्ब १४ करोड १८ लाख रुपैंया जम्मा पारेका छन् । यसमध्ये धेरै जगेडा कोष नबिल बैंकको देखिएको छ । यसको जगेडा कोष ६८.११ प्रतिशतले बढेर २६ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल बैंकको जगेडा कोषमा १७ अर्ब ८१ करोड ६७ लाख रुपैंया पुँगेको छ । जगेडा कोष बलियो भएको तेस्रो ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

स्रोतः सम्बन्धित बैंकले प्रकाशन गरेको तथ्यांकको आधारमा

यसको कोषमा रकम गत आवमा आइप’ग्दा १५ अर्ब ५१ करोड ५ लाख रहेको छ । साथै, अर्काे जगडा कोष बलियो भएको नेपाल इन्भेष्टमेन्ट बैंकको १४ अर्ब ६७ करोड ८० लाख प’गेको छ । सबै भन्दा कम जगेडा कोष सेन्चुरी कमर्सियल बैंकको रहेको छ । असार मसान्तसम्ममा यसले १ अर्ब ७२ करोड ८६ लाख रुपैंया रहेको छ । त्यस्तै अर्काे कोषको रकम घट्नेमा सिभिल बैंकपनि रहेको छ । यसको कोषमा पनि १ अर्ब ९३ करोड ६८ लाख रुपैंया रहेको छ ।
सञ्चालन मुनाफामा कुन बैंक अब्बल ?

गत असारमसान्तसम्ममा बाणिज्य बैंकहरुले १ खर्ब ६ अर्ब २१ करोड १४ लाख रुपैंया सञ्चालन मुनाफा कमाएका छन् । जसमा सबैभन्दा धेरै म’नाफा कमाउने बैंक सेन्च’री कमर्सियल बैंक रहेको छ । यसको गत आवसम्ममा १ अर्ब ९५ करोड १ लाख मुनाफा कमाएको छ, ज’न अघिल्लो आवको तुलनामा १४२.१२ प्रतिशतले धेरै हो ।

त्यस्तै दोस्रो बैंक सिभिल बैंकले १३९.२५ प्रतिशतले बढी सज्ञ्चालन मुनाफा आर्जन गरेर गत आवमा २ अर्ब ११ करोड ३२ लाख रुपैंया कमाएको छ । साथै, नेपाल एसबीआई बैंकले ७५.०१ प्रतिशत, स्ट्याण्र्डर चार्टर बैंकले ६१.५४ प्रतिशत, प्रभु बैंकको ४७.७५ प्रतिशत रहेको छ ।

प्रकाशित : २२ श्रावण २०७९, आईतवार ०७:०८