ज्योति लाईफले शेयरधनीलाई लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

ज्योति लाईफले शेयरधनीलाई लाभांश वितरण नगर्ने



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको गत साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरी बीमा समितिमा पठाउने र उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने कम्पनीले निर्णय गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २२ श्रावण २०७९, आईतवार १२:०७