मेगा बैंक र बुम रेमिटबीच रेमिटेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंक र बुम रेमिटबीच रेमिटेन्स सम्झौता



काठमाडौं,  २  पुस  । मेगा बैंक लिमिटेड र बुम रेमिट प्रालिबीच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिटका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम बैंकका सबै शाखामार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) गर्न सकिनेछ ।

उक्त बुम रेमिटको नेपालका ७५ वटै जिल्लामा ३६ सय भन्दा बढी प्रतिनिधि छन् ।हाल बुम रेमिटले माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको छ ।

बुमले छिट्टै मलेसिया, कोरिया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाटसमेत कारोबार सुरु गर्ने जानकारी दिएको छ ।

प्रकाशित : २ पुष २०७३, शनिबार ०८:३०