नेप्से १०.२७ अंकले बढ्यो, एक कम्पनीको शेयरमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्से १०.२७ अंकले बढ्यो, एक कम्पनीको शेयरमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) केहि दिन देखि निरन्तर ओरालो लागेकोमा साताको कारोबारको पहिलो दिन आज आइतबार भने दोहोरो अंकले बढेको छ । नेप्से १०.२७ अंकले बढेर दुई हजार एक सय २३ दशमलब ८३ विन्दुमा पुगेर रोकिएको हो ।

आज सेन्सेटिभ इण्डेक्स ३.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि १.०० अंक बढेको छ। त्यस्तै, आज कारोबार रकममा पनि सामान्य बृद्धि भएको छ। आज नेप्सेमा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो साता २ अर्ब ६२ करोड ६१ लाख ५७ हजार रुपैंया बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरुमध्ये ११८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५९ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ३ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये एक कम्पनीको शेयरमूल्य आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०९०.१० रुपैयाँ पुगेको छ भने, तेह्रथुम पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १३ करोड ८९ लाख ८२ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २२ श्रावण २०७९, आईतवार १५:३४