युनिलिभर नेपालको खुद नाफामा ७४.१६ प्रतिशतले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

युनिलिभर नेपालको खुद नाफामा ७४.१६ प्रतिशतले बृद्धि



काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७४.१६ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ८६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि ५ करोड रुपैयाँबाट बढेर १२ करोड २९ लाख रुपैयाँ पुगेको छ । हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । गत आवमा कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा सञ्चालन आम्दानी ५ अर्ब ७३ रुपैयाँ थियो ।

गत आवमा कम्पनीकाे प्रतिसेयर आम्दानी १ हजार ६२९ रुपैयाँ (वार्षिक) भएको छ । अघिल्लो वर्ष ९२८ रुपैयाँ (वार्षिक) रहेको थियाे । त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि कम्पनीकाे २ हजार ८२२ रुपैयाँबाट बढेर ३ हजार ९४२ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार १३:२७