वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्यो, कर्जा लगानीको अवस्था कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्यो, कर्जा लगानीको अवस्था कस्तो छ ?



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्ने क्रम जारी रहेको छ । नेपाल बैंकर्स संघका अनुसार निक्षेप संकलन साउन २० गते सम्म आइपुग्दा ४ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको हो ।

साउन १३ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप संकलन ४४ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

संघका अनुसार निक्षेप संकलन बढ्न नसकेपनि बैंकहरुको कर्जा लगानी भने बढ्न थालेको देखिन्छ। गत साता बैंकहरुको कर्जा लगानी भने दुई अर्ब रुपैंयाले बढेर ४१ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। साउन १३ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार १७:४०