आईएमई जनरल इन्स्योरेन्समा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

आईएमई जनरल इन्स्योरेन्समा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त



काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिको स्वीकृति पाएका उनले आजदेखि औपचारिक रुपमा दोश्रो कार्यभार सम्हालेका हुन् ।

उनको पहिलो कार्यकाल पनि आजैदेखि सकिएको छ । तर बीमा समितिले असार २२ गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको थियो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ बादेको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मुल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि प्रस्ताव गरेसँगै बीमा समितिले स्वीकृति दिएको हो ।

बादेले २०७५ साउन २३ गतेदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् । पुनः नियुक्ति पाएसँगै बादेले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार २१:३९