हकप्रद जारी प्रस्तावसहित नेशनल हाइड्रोपावरले बोलायो विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

हकप्रद जारी प्रस्तावसहित नेशनल हाइड्रोपावरले बोलायो विशेष साधारण सभा



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले भदौ १० गते बालुवाटार स्थित डेलिश ओपेरा रेष्ट्रो बैंक्वेटमा विहान ११ बजे सभा गर्ने तय गरेको हो ।

सभामा बोनस सेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनीको प्राप्ति पश्चात कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

त्यस्तै कम्पनीको एक सय रुपैयाँ प्रति कित्ताको २२ हजार ४७० कित्ता साधारण शेयर बापत जम्मा ७ लाख २५ हजार रुपैयाँको आंशिक भुक्तानी मात्र प्राप्त भएको देखिएकोले कम्पनीको हिसाबमा १५ लाख २२ हजार रुपैयाँ भुक्तानी प्राप्त नभएको देखिएकाले हिसाब मिलान गर्नको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । विशेष साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलवार ११:२७