निर्धन उत्थान लघुवित्तको खुद नाफा १३.५० प्रतिशतले घट्दा, अन्य सूचककाे कस्ताे छ अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

निर्धन उत्थान लघुवित्तको खुद नाफा १३.५० प्रतिशतले घट्दा, अन्य सूचककाे कस्ताे छ अवस्था ?



काठमाडौं । निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा १३.५० प्रतिशत कमी हो ।

अघिल्लो वर्ष यसले १ अर्ब १८ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ११.७६ प्रतिशतले बढेर २ अर्ब ९ करोड ७४ लाख रुपैंया पुगेको छ । अघिल्लो बर्षमा २ अर्ब ३७ करोड ७० रुपैंया खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको सञ्चालन नाफा पनि ४३.९८ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा सञ्चालन नाफा घटेर १ अर्ब ४७ करोड ६ लाख रुपैंया पुगेको छ । अघिल्लो बर्ष यस्तो नाफा २ अर्ब ६२ करोड ५० लाख रुपैंया रहेको थियो ।

लघुवित्तको निक्षेप संकलन गत आर्थिक बर्षमा १४.९४ प्रतिशतले बढेर १८ अर्ब १८ करोड २८ लाख रुपैंयाले सुधार भएको छ भने, कर्जा लगानीमा पनि गत आर्थिक बर्षमा १५. ५९ प्रतिशतले बढेर २७ अर्ब ४३ करोड ७३ लाख रुपैंयाले सुधार देखिएको छ । कम्पनीको चुक्ता पुँजी २९.५० प्रतिशतले बढेको छ भने रिजर्भ कोषमा पनि १२.२५ प्रतिशतले बढेर १ अर्ब ८० करोड ७ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको खराब कर्जा ४.११ प्रतिशतबाट घटेर ३.१३ प्रतिशतमा झरेको छ । त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २९ पैसाले घटेर ४६ रुपैयाँ ८५ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २१९ रुपैयाँ ८६ पैसा छ ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलवार १२:३२