डिम्याट खाता खोल्नेको संख्यामा पचास लाख नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिम्याट खाता खोल्नेको संख्यामा पचास लाख नाघ्यो



काठमाडौं । पुँजीबजार प्रविधिमैत्री भएपछि सहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्र लगाएत हरेक प्रदेशमा डिम्याट खाता खोल्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को तथ्याङ्क अनुसार पछिल्लो समय नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५३ हजार ३७ हजार भन्दा बढी छन् ।

यसरी प्रादेशिक हिसाबले हेर्दा सबैभन्दा धेरै डिम्याट खाता खोल्नेको संख्या बाग्मती प्रदेशको काठमाडौबाट ६ लाख ७० हजार जनाले डिम्याट खाता खोलेका छन् । त्यस्तै दोस्रोमा प्रदेश नं १ को झापाबाट २ लाख २६ हजार भन्दा बढी रहेका छन् भने तेस्रोमा पनि सबैभन्दा बढी प्रदेश नं १ मा नै रहेका छन् । त्यसैगरी १ लाख माथी डिम्याट खाता खोल्ने प्रदेशमा धेरैजसो बाग्मती प्रदेशको काठमाडौं, ललितपुर,भक्तपुर, दोलखा, चितवन,काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोटका रहेका छन् । साथै, १ नं प्रदेशमा झापा मोरङ सुनसरीका बढी रहेका छन् । लुम्बिनी प्रदेशको रुपन्देहिबाट पनि डिम्याट खाता खोल्ने एक लाख माथी रहेका छन । सुदुरपश्चिमको कैलाली, गण्डकी प्रदेशको कास्कीबाट पनि खाता खोल्ने एक लाख माथि रहेका छन् ।

सिडिएससीको तथ्याङ्क अनुसार सबैभन्दा कम डिम्याट खाता खोल्ने लुम्बिनी प्रदेशको रुकुम पुर्व रहेको छ भने गण्डकी प्रदेशको मनाङ्ग, मुस्ताङ्गमा कम डिम्याट खाता खोल्ने गरेका छन् । साथै, कर्णाली प्रदेशको डोल्पा, रुकुम पश्चिममा पनि धेरै कम मानिसले डिम्याट खाता खोलेका छन् ।

आजभोली सेयर बजारबारे जति बढी प्रचार, प्रसार भयो त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या पनि बढ्ने गरेको छ । डिम्याट खाता नेपाल धितोपत्र बोर्डले अनुमति दिएका विभिन्न बैंक, बैंकका सहायक कम्पनीहरु (मर्चेन्ट बैंकर), तथा ब्रोकर कम्पनीहरु मार्फत खोल्न सकिन्छ ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो सेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

सेयर कारोबारका लागि मेरो सेयर अनिवार्य रहेसंगै धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक पर्ने ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि हालसम्म ४४ लाख ३२ हजार ५४७ पुगेको छ।

के हो डिम्याट खाता?

अंग्रेजी शव्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शव्द नै डिम्याट हो। नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ।

विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो। अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे।

२०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो। हाल सेयर अभौतिक रुपमा अर्थात यहीं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ। जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफैं जम्मा हुन्छ।

प्राथमिक सेयर (आइपिओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ। त्यस्तै दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ। यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो।

कसरी, कहाँ खोल्ने खाता?

यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरुमा खोल्न सकिन्छ। सहायक कम्पनी भएका बैंकहरुले नै यस्तो खाता खोलिदिन्छन्।

त्यस्तै ब्रोकर कम्पनीहरुमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ। यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ।

७६ वटा यस्ता निक्षेप सदस्य छन्। यस्तो खाता खोल्नका लागि बैंक खाता नम्वर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ। आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ।

धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन्। केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन्। डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ।

सो नम्वर पाएपछि मात्रै तपाईंले प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट खरिदबिक्री गर्न सक्नुहुनेछ।

आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति सेयर छ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा सेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ। यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन्।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार २०:२२