इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता



काठमाडौं । इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ ।

गत बैशाख १ गतेबाट प्रारम्भ भएर श्रावण ४ गतेसम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अबैधानिक रेमिट्यान्स गतिविधि लाई निरुत्साहित गर्दै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रर्वद्धन गरेको थियो ।

“बैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ“ मूल नाराका साथ सम्पन्न यस अफरमा, १४ हप्ता सम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप ५ हजार प्रदान गरिएको थियो।

त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई ५० हजार व्यवस्था गरिएको थियो । जसको विजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर भएका छन् भने उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।


रेमिटोत्सव योजनाबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘नयाँ वर्षको २०७९ को अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमुलक योजना – रेमिटोत्सव सफलता पुर्वक सम्पन्न गर्न पाएकोमा हामि खुशी छौँ । रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई बैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइ मत छैन । त्यसैले हामीले यस योजना मार्फत रेमिट्यान्स कारोवार गर्दा वैधानिक माध्यमबाट मात्र कारोवार गरौँ भन्ने मूल संदेश दिएका छौँँ ।

इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भएपनि व्यापार प्रवर्धनात्मक तथा सेवाग्राही मैत्री –डिजिटल रेमिट्यान्समा आइफाेन जित्ने चान्स अफर लिएर आइसकेको छ । विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमुलक यस अफरमा पठाउनेले आइफाेन १३ जित्न सक्नेछन भने नेपालमा प्राप्त गर्ने व्यक्तिले रु. १०० बोनस पाउनेछन् । त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेट्मा प्राप्त गरि सेवाग्राहीले रु. २००को बोनस समेत प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलवार १८:०४