एनआईबिएल क्यापिटलले ल्यायो नेपालमै पहिलो पटक अनलाईन डिम्याट सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईबिएल क्यापिटलले ल्यायो नेपालमै पहिलो पटक अनलाईन डिम्याट सेवा



काठमाडौं । एनआईबिएल क्यापिटलले आजबाट डिम्याट खातामा पनि अनलाईन सेवा सुरु गरेको छ । डिम्याट खाता भएका ग्राहकले अनलाइन सेवा पाउने छन् । अबदेखि एनआईबिएल क्यापिटलका डिम्याट ग्राहकले आफूसँग डिम्याट खातामा कुन कम्पनीको कति सेयर छ, कति सेयर खरिदको कुन प्रक्रियामा छन्, यसअघिका खरिद विक्री प्रक्रियाको विवरण लगायतका जानकारी अनलाइनबाट पाउन सक्ने छन् । ग्राहकले आफ्नो अनलाइन विवरण समेत प्रिन्ट गर्न पाउनेछन् ।

मंगलवारदेखि सुरु भएको यो सेवा नेपालमा पहिलो पटक हो । एनआईबिएलको अनलाइन सेवा सञ्चालनका लागि कुनै शुल्क नलाग्ने पनि बताइएको छ ।

एनआइबिएल क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकका सबै शाखाबाट ग्राहकले डिम्याट खाता खोल्न सक्नेछन् ।
यो सेवाले  डिम्याट ग्राहकका सेयर सम्वन्धि विवरण, कारोवार लगायतका सम्पूर्ण विवरण व्यस्थित हुनेछ, त्यसले पनि लगानीकर्तालाई सुविधा हुने विश्वास लिइएको छ ।

एनआईबिएल क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको सब्सिडरी कम्पनी हो ।

प्रकाशित : १ असार २०७२, मंगलवार १३:३९