भाइरसले पनि गर्छ लैंगिक विभेद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

भाइरसले पनि गर्छ लैंगिक विभेद



विश्वभर महिला र पुरुषबीचमा भेदभाव हुने गरेको कुरा सुनिन्छ, भनिन्छ। खासगरी महिलामाथि लैंगिक विभेद हुने र हिंसा हुने गरेको सुनिन्छ। यस्तो लैंगिक विभेदमा मानिस नै अझ पुरुषहरु नै अधिकांशतः सहभागी हुन्छन्। तर महिला र पुरुषबीचमा लैंगिक विभेद गर्ने काम मानिसले मात्र गर्दा रहेनछन्, रोगको कारक तत्व रहेको भाइरसले पनि लैंगिक विभेद गर्ने गरेको खुलासा भएको छ। भाइरसले गर्ने लैंगिक विभेदमा पुरुषहरु पीडित हुने गरेको पत्ता लागेको छ। वैज्ञानिकहरुका अनुसार भाइरसले महिलाहरुप्रति नरब रबैया अपनाउँछ र पुरुष विरुद्ध बढि आक्रामक हुन्छ।

महिलाको तुलनामा पुरुषको सरीरमा भाइरसको संक्रमण तिव्र हुन्छ। अर्को शव्दमा भन्नुपर्दा भाइरस पुरुषमा बढि हानिकारक हुन्छ। हालै गरिएको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। नेचर कम्युनिकेसन्स नामक म्यागेजिनमा छापिएको रिपोर्ट अनुसार भाइरसले महिलाहरुप्रति नरम रबैया अपनाउँछ र त्यसका फाइदा पनि छन्। केही यस्ता संक्रमण हुन्छन् जो महिलाहरुका लागि कम खतरनाक हुन्छन् । तर यसले मानिसको प्रतिरोधक क्षमतामा पनि असर पार्दछ।

जानकारहरुका अनुसार अनुसन्धानको नतिजा कुनै पहेली भन्दा कम छैन । महिलाहरुमा भाइरस फैलिने विभिन्न तरिकाहरु हुन्छन् जो पुरुषसँग नहुन सक्छन् । जस्तै गर्भमा हुर्किरहेको बच्चामा, जन्मिने क्रममा तथा स्तनपानको समयमा । लण्डनको रोयल होलोवे विश्वविद्यालयका वैज्ञानिकहरुले भाइरसको व्यवहारको अध्ययन गर्नका लागि गणितको पनि सहारा लिएका थिए । शोधको नतिजा अनुसार महिलाहरुमा संक्रमणको खतरा कम हुने कारणले भलै आमाको मृत्युको सम्भावना कम हुन्छ तर यसले बच्चा संक्रमित हुने खतरा बढाउँछ । एजेन्सीको सहयोगमा

प्रकाशित : २ पुष २०७३, शनिबार १४:३९