सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को प्रतिफल घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को प्रतिफल घोषणा



काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ र ‘सिद्धार्थ इक्विटी फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ तथा सिद्धार्थ व्यवस्थित लगानी योजना को आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ ।

योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै क्यापिटलको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्कीमका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गर्न बाँकी रहेको छ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहीबार १२:३३