साहस उर्जाको नाफा २९.७९ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

साहस उर्जाको नाफा २९.७९ प्रतिशतले बढ्यो



काठमाडौं । साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७१ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा खुद नाफा २९.७९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ५५ करोड ११ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, कम्पनीको सञ्चालन नाफा ५५ करोड ११ लाख रुपैयाँबाट बढेर ७१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यसकाे चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४४ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा छ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहीबार १६:३६