आदिवासी जनजातीका अधिकार एमालेले कटौती गर्यो, कांग्रेसले जोगाउनुपर्छ : नगेन्द्र कुमाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

आदिवासी जनजातीका अधिकार एमालेले कटौती गर्यो, कांग्रेसले जोगाउनुपर्छ : नगेन्द्र कुमाल



काठमाडौं । आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष एवम संविधान सभा सदस्य नगेन्द्र कुमार कुमालले एमाले नेतृत्वको सरकारले जनजातीमा अधिकार कटौती गरेकाले कांग्रेसले त्यसलाई जोगाउनुपर्ने बताएका छन् ।

मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका विषयमा कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कुमालले आदीवासी जनजातीका मुद्दामा एमाले पूर्वाग्रही रहेको आरोप लगाउँदै संस्कृति र संस्कार जोगाउँदै विकासका कामहरु अघि बढाउन कांग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने उनको भनाइ थियो ।

‘आदीवासी जनजातीका मुद्दामा एमाले पूर्वाग्रही छ । पहिचान कटौति गर्ने काम गरिरहेको छ । सांस्कृतिक पर्वहरुमा विदा दिने चलन एमालेले खोस्यो । संस्कार र संस्कृतिको उत्थान गर्ने भन्दा पनि निरुत्साहित गर्ने काम एमाले सरकारले गरेको छ’, उनले भने,‘हाम्रो पहिचान जोगाउन आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जनताले विवेकपूर्ण रुपमा मतदान गरेर विजयी गराउनेछन् भन्ने विश्वास लागेको छ ।’

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने दौडमा रहेका कुमालले सामूहिक रुपमा काम गर्दै इलामबाट सुभाष नेम्बाङ जस्ता पूर्वाग्रही नेतालाई हराउने अभियान संचालन नगरे नेपाली जनताले सँधै दुःख पाइरहने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियार, कांग्रेस इलाम सभापति डम्बर खड्का, उपसभापति खगेन्द्र देवान, पूर्वसभापति केशव थापा, प्राध्यापक याम कार्की, महाधिवेशन प्रतिनिधि राजु कार्की, विद्यार्थी नेता पुजन चाम्लिङ, कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिका सभापति समिप घिमिरेलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : २८ श्रावण २०७९, शनिबार २०:५०